माघ ७ जाजरकोट – जिल्ला प्रशासन कार्यालय जाजरकोटले घरमै पुगेर एक वृद्धालाई नागरिकता प्रदान गरेकाे छ।

जिल्ला सदरमुकाम मै वृद्धा अवस्था सम्म नागरिकता बिहिन रहेकि भेरी नगरपालिका ४ बस्ने ७३ वर्षिया वृद्धा जसुदा नेपालीलाई जिल्ला प्रशासन कार्यालय जाजरकोटकाे टाेली सहित प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटाले घरमै पुगेर नागरिकता दिएका हुन।

शारीरिक रुपमा अपांगता रहेकि नेपाली जिल्ला प्रशासन कार्यालय जाजरकोटमा पुगेर नागरिकता लिन नसक्ने भएपछि भेरी नगरपालिका ४ काे कार्यालयकाे सिफारिसमा जन्म २००५ बैशाख १५ गते भएको नेपालीलाई ६२-०१-७८-०५१४४ नम्बरकाे नागरिकता प्रमाणपत्र कायम गरि प्रमुख जिल्ला अधिकारी देवकोटाकाे टाेली उनकै घरमा पुगेर नागरिकता दिएकाे जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ।

जनसहारा अनलाइन संग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी देवकोटाले अपांगता भएकै कारण जिल्ला प्रशासन कार्यालयमा आफै जान नसकेर वृद्धावस्था सम्म नागरिकता बिहिन हुनु सम्बन्धित निकायले चासाे नगर्दा उनले आवश्यक कागज प्रमाण जुटाउन नसकेर यस्तो अवस्था आएकाे बताए ।

शारीरिक वा मानसिक रुपले असक्त भै कार्यालयमा आउन नसक्ने सेवाग्राहीलाई सम्बन्धित व्यक्तिको वडा कार्यालयबाट सिफारिस भएर आएमा घरमै पुगेर नागरिकता दिने पनि प्रमुख जिल्ला अधिकारी देवकोटाले बताए।

प्रकाशित मिति : २०७८ माघ ७ गते शुक्रवार