माघ ७ चितवन – पुर्व पश्चिम राजमार्गमा पहिराे झर्दा सवारी आवातजावत बन्दै भएकाे छ।

गएराति करिब साढे दुई बजेतिर चितवन ईच्छाकामना गाउँपालिका ६ नारायणगढ – मुग्लिन सडक खण्डको कालिखोला भन्ने स्थानमा सडक माथीबाट सुख्खा पहिरो झरी दुबै तर्फ बाटो अवरोध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

उक्त पहिराे हटाउनकाे लागि अहिले एक वटा जेसिबी र एक वटा स्काभेटरले काम गरिरहेकाले अब ४ देखि ५ घण्टामा पुर्णरुपमा खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नरहरी अधिकारीले बताए।

अहिले पनि हल्काहल्का पहिराे झरिरहेकाले जाेखिम रहेकाे हुदा पहिराे हटाउनकाे लागि केही समय लाग्ने प्रहरी उपरीक्षक अधिकारीले बताए।

प्रकाशित मिति : २०७८ माघ ७ गते शुक्रवार