माघ ४ रुकुम (पूर्व) – चुनबाङ जिल्ला सदरमुकाम रुकुमकोटसँग जोडिएको छ।

चुनबाङ देखि रुकुमकोट सम्मको झन्डै २५ किलोमीटर दुरीमा ट्रयाक खाेल्ने काम सम्पन्न भएसँगै चुनबाङ सदरमुकामसँग जोडिएको लुम्बिनी प्रदेशका सभामुख तथा रुकुम पूर्व क्षेत्र नं.(ख)बाट निर्वाचित प्रदेशसभा सांसद पूर्ण बहादुर घर्तीले जानकारी दिए।

“मैले रुकुमकोट चुनबाङ सडक खण्डको काम के कति भयो भनेर बुझ्न ठेकदारलाई फोन गरेको थिए बारम्बारको ताकेता र प्रयासबाट ट्रयाकको काम सकियाे बाकी रहेको काम पनि समयमै सक्न आग्रह गरेको र चुनावको समयमा आफ्नो कार्यकाल भित्र चुनबाङलाई रुकुमकोटसँग जोड्ने प्रतिबद्धता गरेको थिए आज त्यो पूरा भएको छ।” घर्तीले भने। लामो समयको प्रयास र प्रतीक्षाले गर्दा चुनबाङ सडक सञ्जाल मार्फत सदरमुकामसँग जोडिएकोमा खुशी भएको प्रतिक्रिया दिएका छन।

२०७५/०७६ सालभित्र सहिदमार्गको बाटो रुकुमकोट पुर्‍याउने गरि २०७४ सालमा बज्र गुरु खड्का कृष्ण जेभिलाई सडक निर्माण गर्न संघीय सरकारले जिम्मा दिएको र उसले भ्याटसहित ७ करोडमा ठेक्का पाएको थियो। त्यतिखेर उक्त सडक खण्ड डिभिजन कार्यालय चौरहजारीले हेर्दै आएको बताइएको छ। तर संघीय संरचनाले रुकुम जिल्लालाई दुई भागमा विभाजन गरेपछि यो सडक कसले हेर्ने हो अन्योल भएको थियो। केही कानुनी जटिलता,भौगोलिक विगतटा र कोरोना नियन्त्रण गर्न जारी गरिएको लकडाउनका कारण काममा केही ढिलासुस्ती भएको ठेकेदार सुरतजंग मल्लले बताए।

विभिन्न चुनौतीका बाबजुदमा पनि चुनबाङ देखि होर्दिङसम्मको १६ किलोमीटर ट्रयाकको काम सकिएको छ मल्लले बताए। अहिले बेस र वालको काम भइरहेकोले उक्त निर्माणको कार्य पनि छिट्टै सक्ने मल्लकाे भनाइ छ। चुनबाङ खण्डमा कामको ढिलाइ भएपछी गत आर्थिक वर्ष २०७७/०७८सालमा रुकुमकोटबाट पनि सडक खन्न सुरु गरिएको थियो। रुकुमकोट देखि होर्दिङसम्मको ९ किलोमीटर सडक खन्न लुम्बिनी प्रदेशले भ्याट बाहेक ७ करोड ४१ लाखमा रौताहा पिकेजेभी निर्माण सेवा प्रणालीलाई जिम्मा दिएको थियो।उसले एक वर्षमै रुकुमकोट स्थित नमस्ते टावर देखि होर्दिङसम्मको सबै काम सम्पन्न गरेको बताइएको छ।

साथै बाटो घुमाउरो र जोखिमपूर्ण भएको हुँदा तत्काल समस्याको समाधान गरि सहिद मार्गलाई पूर्णता दिन जरुरी रहेको जनाइएको छ। संघ र प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको लुम्बिनी प्रदेशकै महत्त्वपूर्ण निर्माणाधीन सहिद मार्गको ट्रयाक खुलेसँगै भूमे गाउँपालिका वडा नं.९ को चुनबाङ सदरमुकाम रुकुमकोटसँग सजिलै जोडिएको हो। यसरी चुनबाङ सडक सञ्जालमा जोडिएपछी त्यहाँका नागरिकलाई रुकुमकोट पुग्न रोल्पा जिल्लाको स्थानीय तह परिवर्तन गाउँपालिका र थबाङ गाउँपालिका भएर लामो दुरीको यात्रा गर्ने बाध्यता पनि हटेको बताइएको छ।यतिमात्र नभइ रुकुम पूर्वका नागरिकलाई सदरमुकाम रुकुमकोट,रोल्पा हुँदै लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको भालुबाङ पुग्न समेत सजिलो भएको छ।त्यसैगरी तराईका जिल्लाहरु दाङ,बाँके र नेपालगंञ्ज पुग्ने दुरी समेत छोट्टिएको बताइएको छ।

प्रकाशित मिति : २०७८ माघ ४ गते मङ्गलवार