माघ ३ कैलाली – जिर्ण पुलमा फाेटाे खिच्न पुगेका शिक्षककाे पुलबाट खसेर मृत्यु भएकाे छ।
साेमबार बेलुका भीमदत्त राजमार्ग अन्तर्गत पर्ने तराइ र मध्य पहाड जोड्ने गोदावरी नदीमाथि बनेको काठे पुलबाट खसेर अछामको मंगलसेन शोडषा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक मंगलसेन नगरपालिका–५ का ३९ वर्षीय रुपराज भाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
अहिले सामाजिक सञ्जाल टिकटकमा समेत धेरै स्थान पाएकाे उक्त जिर्ण पुलमा पुगेर शिक्षक भाटले आफै सेल्फि लिनेक्रममा पुलबाट खसेपछि गम्भीर घाइते भएका भाटलाई उपचारकाे लागि सेती प्रादेशिक अस्पतालमा ल्याएकाे केही समयमै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए।
उक्त पुल जिर्ण भएपछि त्यहि नजिकैबाट आवातजावतकाे भएपनि टिकटक बनाउन अत्यधिक मानिसहरु त्यहाँ जाने गरेकाले अब उक्त पुलमा जान प्रतिबन्ध लगाउने उक्त पुल व्यवस्थापनकाे लागि सराेकारवालासंग अनुराेध गर्ने प्रहरी उपरीक्षक अधिकारीले बताए।