माघ २ प्यूठान – घरको बार्दलिबाट लडेर एक पुरुषको मृत्यु भएको छ ।

प्यूठान नगरपालिका २ चितिखोलाका ३७ वर्षिया रिषिराम बिष्ट शुक्रबार बेलुका ७ बजे तिर घरको माथिल्लो तलामा जाने क्रममा बार्दलिबाट लडेका बिष्टकाे शनिबार दिउसो करिब ११ः०० बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

घटनाकाे खबर पाए लगत्तै शनिबार जिल्ला प्रहरी कार्यालयकाे टोलीले घरमै पुगेर अनुसन्धान गरि शव पोष्टमार्टमको लागी जिल्ला अस्पताल विजुवार प्यूठानमा पठाएको र शवको पोष्मार्टम आइतबार गर्ने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले बताए।

अहिले परिवारले लडेर मृत्यु भएकाे भनेपनि प्रहरी अनुसन्धानबाट केही एकिन नभएको र पाेष्टमार्टम पछि मात्रै केही एकिन हुन सक्ने प्रहरी नायव निरीक्षक थापाले बताए।

प्रकाशित मिति : २०७८ माघ २ गते आइतवार