भाद्र १६ धनकुुुुटा – संसार कोरोनाले आक्रान्त छ।कतिबेला कसलाई आक्रमण गर्छ थाहा छैन।हाम्रो देशको हालत झन् गम्भीर छ ।यहाँ रोगबाट बाच्न उपचार पाउनु त दोस्रो कुरा हो खानै नपाएर मर्ने अवस्था छ।यस्तो अवस्थामा मास्क सेनीटाईजर किन्नु भन्दा एक छाक अन्नको जोहो गर्नुपर्ने अवस्था छ ।यसै अवस्थालाई मध्यनजर राखेर विभिन्न ठाउंमा युवाहरुले भए दिअौं नभए लिएर जाअौं भन्ने नाराका साथ फुडबैंक स्थापना गरेका छन्।
महालक्ष्मी नगरपालिका धनकुटा र अन्य सहयोगी सस्थाले पनि एउटा यस्तै आहतमा राहत कार्यक्रम अन्तर्गत मास्क बैंक स्थापना गरेको छ।यसको नेतृत्व दुर्गा कुवर ,भरत कुवर, रामबजार ब्यबस्थापन समिती अरुण युथका सचिव सुमन श्रेष्ठले गरेका छन्। महालक्ष्मी ५ धनकुटाको रामबजारमा माक्सबैक सुरुगरेको छ । जस्को उद्घाटन कार्यक्रममा अध्यक्षता महालक्ष्मी ५ का वार्ड अध्यक्ष श्री सिब कुमार तुम्बा र मुख्य अतिथि महालक्ष्मी नगरप्रमुख श्री पर्शुराम नेपालको आथित्यतामा भरतराज कुवरले कार्यक्रम सन्चालन गर्दै आजको कार्यक्रम सप्पन्न भएको जानकारी नेपाल कम्युनिस्ट पार्टी नेकपा महालक्ष्मी धनकुटा का सचिवालय सद्स्य तथा प्रचार तथा प्रकासन बिभाग प्रमुखले जानकारी दिनुभयो” हुनेले दिएर जानुस, नहुनेले लिएर जानुस” भन्ने मुल नारा यसको बिषेशता हो।उनिहरुको लक्ष्य महालक्ष्मी नपा – ५ रामबजारमा स्वास्थ समाज निर्माणका लागि हाम्रो अभियान र आफू सुरक्षित रहनुहोस हो।
स्वस्थ्य जीवन स्वस्थ समाज निर्माणमा हामी सबैले हातेमालो गरौं। covid – 19 ( कोरोना) भाइरस बाट सुरक्षित रहौं। माक्स बैक कार्यक्रम लाई सफल बनाउ ।हुनेले दिएर जानुस् नहुनेले लिएर जानुस्। उक्त कार्यक्रम महालक्ष्मी नगरपालिका धनकुटा,रामबजार बजार ब्यबस्थापन समिति,५ नम्बर वार्ड कार्यलय महालक्ष्मी नपा.,लेगुवा प्रहरी चैकी,रामबजार युबा समूह महालक्ष्मी ५ धनकुटाकाे संयुक्त आयाेजनामा कार्यक्रम भयकाे दुर्गा कुंवरले जानकारी दिएका छन ।