माघ १ बुटवल – लुम्बिनी प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ ।
मन्त्रीपरिषदकाे २०७७/१२/१३ गतेकाे निर्णय अनुसार शुक्रबार आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले एक सूचना सार्वजनिक गरी माघे सङ्क्रान्तिको अवसरमा आइतबार लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिने जनाएको छ ।
लुम्बिनी प्रदेशमा यस अघिको सरकारले माघी एवं माघे सङ्क्रान्तिको अवसरमा माघ १ र २ गते गरि दुई दिन बिदा दिँदै आएको थियो । तर याे वर्ष भने माघ १ गते शनिवार स्वतः बिदा भएकाले आइतबार एक दिन बिदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयद्वारा सार्वजनिक सुचनामा उल्लेख छ।