पुस ३० माेरङ – एक नाले तीन भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन।
लेटाङ नगरपालिका ९ वसन्त हरियाली सामुदायिक वनबाट भरुवा बन्दुक सहित मोरङ मिक्लाजुङ गाउँपालिका ५ का ६० वर्षीय ईन्द्र बहादुर राई पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय माेरङले जनाएकाे छ।
अस्थाई प्रहरी चौकी जाँतेबाट खटिएको गस्ती प्रहरी टोलीले राईलाई भरुवा बन्दुक बोकी हिडीरहेको अबस्थामा फेला पारेको हो । उनको साथबाट प्रहरीले लोड भएको भरुवा बन्दुक-३ नाल, बारुद-२ डब्बा, गोली -१८ थान, छर्रा-५ पोका, खुकुरी-१ थान, गेटिस (गुलेली)-१ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय माेरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए।
पक्राउ परेका राईलाई अहिले ईलाका प्रहरी कार्यालय लेटाङले थप अनुसन्धान गरिरहेकाे प्रहरी उपरीक्षक जिसीले बताए