भाद्र १४ सल्यान – भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० मा सार्वजनिक पद धारण गरेको व्यक्तिले पद धारण गरेको ६० दिनभित्र तथा आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र आफ्नो र परिवारको नाममा रहेको सम्पत्तिको स्रोत तथा निस्सासहितको अद्यावधिक विवरण सम्बन्धित निकायमा पेस गर्नुपर्ने प्रावधान छ । सल्यानको छत्रेश्वरि गाउँपालिका अध्यक्ष सन्तोष केसीले आज सल्यान सदरमुकाम खलंगामा पत्रकार सम्मेलन गर्दै आफ्नो पारिवारिक सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ ।

अध्यक्ष केसीले संयुक्त परिवार अन्तर्गत आफ्नो आमा अम्बिका केसी, श्रीमती चाँदनी केसी शाह, भाई सुधन केसी र आफ्नो नाममा रहेको सम्पुर्ण सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको हाे । अध्यक्ष केसीकाे सम्पत्ति विवरण अनुसार घरजग्गा तर्फ सल्यानकाे श्रीनगरमा २ वटा घर ,साङ्कोट, भोटेचौर, लान्ती,फलाबाङ क्षेत्रमा करिब २५ रोपनी जग्गा त्यसैगरी लान्तिमा १ वटा घर,लान्ति र श्रीनगर क्षेत्रमा गरि ५ वटा घडेरी, तुलसीपुरमा १ वटा घर र तुलसीपुर उपमहानगरपालिका भित्र करिव १२ कठ्ठा खेत र काठमाडौं मन्डिखाटारमा १ वटा घर रहेकाे बताइएको छ ।

यातायातका साधन तर्फ कार क्रेटा १,ट्याक्टर २,मोटरसाइकल होन्डा साइन १ र बुलेट मोटरसाइकल १ रहेका छन । त्यस्तै व्यवसाय तर्फ संचाद सप्लायर्स ( हार्डवयर) र सन्तोष इन्टरप्राईजेज रहेकाे छ भने सुन २५ ताेला भयकाे बताइएको छ ।

अध्यक्ष केसीकाे आम्दानी दाङ, सल्यान, काठमान्डौका पाँचवटा घर भाडाबाट बार्षिक रु ७० लाख,अध्यक्ष केसीका भाई सुधन केसी तारा एरलाईन्स क्याप्टेन छन । उनकाे प्रतिवर्ष रु ७५ लाख तलब आउँछ । अनि स्वयम अध्यक्ष केसीकाे आफ्नै तलब प्रतिवर्ष ४ लाख ३ हजार र व्यवसाय तिर संचात सप्लायर्सबाट प्रतिवर्ष ६० लाख र ट्याक्टरबाट प्रतिवर्ष २४ लाख गरि २ कराेड ३३ लाख ३ हजार बराबर प्रतिवर्ष आम्दानी हुने गरेकाे अध्यक्ष केसीले सार्वजनिक गर्नुभयो ।

अध्यक्ष केसीले ऋण विवरण सार्वजनिक गर्दै ७ करोड ९५ लाख ५० हजार ( कुमारी बैंक ) मा रहेकाे बताउनु भयकाे छ र अहिलेकाे समय सम्म उहाकाे बैंक व्यालेन्सकाे रुपमा ३५ लाख रहेको बताउनुभएको छ ।

जनप्रतिनिधिहरुले सम्पत्ति विवरण सार्बजनिक गर्नु पर्छ भन्ने बारम्बार प्रश्न उठिरहेका बेला अध्यक्ष केसीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको हो ।जनप्रतिनिधिहरुको सम्पत्ति कति छ ? कहाँ छ ? भन्दै बारम्बार प्रश्न उठाइने गरिन्थो । अध्यक्ष केसी सल्यान जिल्लामै पहिलो सम्पत्ति सार्वजनिक गर्ने उदाहरणीय जनप्रतिनिधि बन्नु भएको छ । अध्यक्ष केसी नेपाली काँग्रेस तर्फबाट निर्वाचित हुनुभयकाे थियाे ।

सार्वजनिक पद धारण गर्ने व्यक्तिको सम्पत्ती विवरण सार्वजनिक हुनैपर्छ । सार्वजनिक पद धारण गर्दा कति सम्पत्ति थियो र छोड्दा कति पुग्यो भन्ने तुलना गर्न त्यो आवश्यक रहन्छ । किनभने भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग सम्बन्धि ऐनमा सम्पत्ति सार्वजनिकलाई अनिवार्यता भनियकाे छ । तर सामान्य कर्मचारी देखि लियर उच्चपदस्थ सम्मका व्यतिहरु सम्पत्ति सार्वजनिक गर्न आनाकानी गरिरहेकाे पाइन्छ ।

प्रकाशित मिति : २०७७ भाद्र १४ गते आइतवार