पुस २७ काठमाडौ – नेकपा एमालेकाे प्रदेश अधिवेशन सरेकाे छ।

कतिपय जिल्लामा अधिवेशन हुन बाकी र कोरोना महामारीको संक्रमण बढिरहेको अवस्थामा सरकारले भिडभाड नगर्न समेत भनेपछि प्रदेश अधिवेशन सार्नु परेकाे एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले बताए।

यस अघि आगामी माघ ८ मा सबै प्रदेशमा एकैदिन प्रदेश अधिवेशन गर्ने निर्णय एमालेले गरेकाे थियाे। अब माघ २८ र २९ गर्ने गरि सारिएको सचिव अधिकारीले बताए।

एमालेकाे जिल्ला अधिवेशन अन्तर्गत १६ जिल्लामा विविध कारणले गर्दा उदघाटन सत्र नै भएकाे छैन। भने याे समाचार तयार पार्दा सम्म ५१ जिल्लामा अधिवेशन सम्पन्न भइसकेकाे छ।

जिल्ला गत विवरण अध्यक्ष सहित

प्रदेश १

१. झापा – दीपक कार्की

२. मोरङ – ऋषिकेश पोखरेल

३. खोटाङ – रामप्रसाद दंगाल

४. धनकुटा – इन्द्रमणि पराजुली

५. तेह्रथुम – तेजमान कन्दङवा

६. पाँचथर – राजकुमार भण्डारी

७. भोजपुर – शरण राई

८. इलाम- महेश बस्नेत

९. साेलुखुम्बु- डुफकुमार बास्ताेला

१०. उदयपुर- प्रमेश्वर घिमिरे

११. ओखलढुंगा– शंकर कटुवाल

१२. ताप्लेजुङ – भुपेन्द्र थेबे

प्रदेश २

१. सप्तरी – ताराकान्त चौधरी​

२‍ सिरहा – चन्द्रेश्वर मण्डल

बागमती प्रदेश

१. धादिङ – भूमी त्रिपाठी

२. काभ्रेपलाञ्चोक – अशोक ब्यान्जु

३. भक्तपुर – बचन देउजा

४. रसुवा – कर्णेल तामाङ

५. रामेछाप – आनन्दकुमार श्रेष्ठ

६. नुवाकोट – बद्री मैनाली

७. मकवानपुर – एकलाल श्रेष्ठ

८. काठमाडाैं – दीपक निराैला

९. ललितपुर – पुरुषोतम आचार्य

१०. सिन्धुली- कुमारबहादुर कार्की

११. दोलखा: नरबहादुर श्रेष्ठ

गण्डकी प्रदेश

१. गोरखा – प्रेम गुरुङ

२. तनहुँ – श्रीप्रसाद श्रेष्ठ

३. म्याग्दी – देवेन्द्र केसी

४. लमजुङ – कृष्णप्रसाद अधिकारी

५. बागलुङ- हिराबहादुर केसी

६. पर्वत–राजु पौडेल

७‍. नवलपुर–मुक्ती पाण्डे

लुम्बिनी प्रदेश

१. पाल्पा – धनेन्द्रराज घिमिरे

२. गुल्मी – बालकृष्ण काउछा मगर

३. अर्घाखाची – पिताम्बर भुसाल

४. बाँके – किस्मत कुमार कक्षपती

५. बर्दिया – लालबहादुर श्रेष्ठ

६. दाङ – हुकुमबहादुर बस्नेत

७. रुपन्देही – तेजेन्द्र केसी

८. कपिलवस्तु – डम्मर शर्मा

९. नवलपरासी (पश्चिम) – दीपेन्द्र अधिकारी

१०. प्युठान–बिजयविराज विष्ट

कर्णाली प्रदेश

१. डोल्पा – शेरबहादुर बुढा

२. सल्यान – गोविन्द पुन मगर

३. जुम्ला – शान्तिलाल महत

४. रुकुम (पश्चिम) – नन्दाराम देवकोटा

सुदूरपश्चिम प्रदेश

१. डडेल्धुरा – प्रकाश साउद

२. बैतडी- सुरेन्द्र पाल

३. डोटी-चक्र मल्ल

४. कैलाली – रतन थापा

गैरभौगोलिक जिल्ला

१. मजदूर विशेष – जितेन्द्र श्रेष्ठ

२. पेशागत विशेष – उमेश ढकाल

प्रकाशित मिति : २०७८ पुष २७ गते मङ्गलवार