पुस २६ भोजपुर – बालिका माथि जबर्जस्ती करणी गरेकाे अभियाेगमा एकजनालाई प्रहरीले पक्राउ गरेकाे छ।

पक्राउ पर्नेमा मोरङ कानेपोखरी गाउँपालिकाका ३४ वर्षीय धन बहादुर बिष्टलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हाे। बिष्टले भोजपुर षडानन्नद नगरपालिकास्थित खेतमा एक ७ वर्षिय बालिकालाई बिहीबार जबर्जस्ती करणी गरेको भन्ने उजुरीकाे आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भाेजपुरले जनाएको छ।

ईलाका प्रहरी कार्यालय दिङलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरि यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय भाेजपुरका प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार राईले बताए।

प्रकाशित मिति : २०७८ पुष २६ गते सोमवार