पुस २५ रुुकुम(पश्चिम) – डिउटीकै क्रममा स्वास्थ्य एक्कासि समस्या आएपछि बिरामी परेका प्रहरी हवल्दारकाे मृत्युु भएकाे छ ।

मृत्यु हुनेमा रुकुम(पश्चिम) मुसीकोट नगरपालिका वडा नं २ राउखेत स्थायी ठेगाना भएका प्रहरी हवल्दार ३८ वर्षिय रामजी खत्री रहेका छन। प्रहरी हवलदार खत्री जिल्ला प्रहरी कार्यालय नवलपरासी(पुर्व) मताहतकाे जिल्ला न्यायाधीश पुर्वी नवलपरासी दरबन्दी भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पश्चिम मताहतकाे अस्थायी ट्राफिक प्रहरी पोष्ट झुल्नेटामा कार्यरत रहेकाे जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।

पुस २३ गते कर्तव्य पालना(डिउटी) मा रहेको बेला एक्कासी पेट दुख्याे भनेपछि उपचारका लागि मध्यपश्चिम क्षेत्रीय प्रहरी अस्पताल बाँके लिएकाे र त्यहाँ उपचार सम्भव नभएपछि नर्सिङ हाेम अस्पताल नेपालगन्ज लिएपछि उपचारको क्रममा आइतबार बिहान करिब ५ बजेतिर मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक धुर्व कुमार श्रेष्ठले बताए।

प्रकाशित मिति : २०७८ पुष २५ गते आइतवार