पुस २५, काठमाडौं – कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने भएको छ ।

आइतबार बसेको सीसीएमसीसीको बैठकले विद्यालय बन्दको निर्णय गरेको प्रवक्ता सुनीता नेपालले जानकारी दिइन् । याे सहितका १३ बुदे निर्णय सीसीएमसीसीको बैठकले मन्त्रीपरिषदलाई सिफारिस गरेकाे छ। मन्त्रीपरिषद्ले पास गरेकाे मितिबाट लागू हुने उक्त सिफारिसमा जनाएको छ।

यस्तै सरकारले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाएको छ । आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरेको हो ।

प्रकाशित मिति : २०७८ पुष २५ गते आइतवार