पुस २४ राेल्पा – नेपाल निजामती कर्मचारी युनियन राेल्पाकाे अध्यक्षमा इन्दिरा अधिकारी सर्वसम्मत चयन भएकि छन।

शुक्रबार सदरमुकाम लिबाङ स्थित सुशील काेइराला स्मृति भवनमा भएकाे आठौं अधिवेशनबाट अध्यक्षमा अधिकारी सहित १४ सदस्यीय जिल्ला कार्यसमिति, ४ केन्द्रीय प्रतिनिधि र १ सल्लाहकारमा चयन गरिएकाे हाे।

जस अनुसार अध्यक्ष अधिकारी (जिल्ला निर्वाचन) उपाध्यक्षमा द्वय रुपेश अधिकारी (रुन्टीगढी गाउँपालिका) र टिकाराम कार्की (वन डिभिजन कार्यालय), सचिव दया बहादुर बुढा मगर (सुनछहरी गाउँपालिका), सह-सचिव लाेकेन्द्र मल्ल (जिल्ला प्रशासन कार्यालय), काेषाध्यक्ष गाेपालसिंह बुढा (कारागार कार्यालय)बाट चयन भएका छन।

त्यसैगरि सदस्यहरुमा दिवाकर आचार्य (वन डिभिजन कार्यालय), लाेकेन्द्र पुन (सडक पुर्वाभार), गणबहादुर बिक (इलाका प्रशासन घर्तीगाउँ), गिरबहादुर घर्ती (भेटेनरी अस्पताल), उत्तम कुमारी चौधरी (शिक्षा विकास तथा समन्वय इकाई), हिमा कुमारी पुनमगर (रुन्टीगढी गाउँपालिका), जिवराज खत्री (डिभिजन वन कार्यालय) र मेघराज उपाध्याय वा (डिभिजन कार्यालय)बाट चयन भएका छन।

केन्द्रीय प्रतिनिधि चार जना तर्फ हेमन्तराज आचार्य (काेलेनिका राेल्पा), राजेश कुमार रेग्मी (सडक पुर्वाधार), दामोदर पुलामी सुवेदी (लुङग्री गाउँपालिका) र निम बहादुर डाँगी (रुन्टीगढी गाउँपालिका)बाट चयन गरिएको छ। त्यस्तै सल्लाहकारमा एक जना प्रभाकर मल्लीक (जिल्ला अदालत)बाट चयन गरिएको नेपाल निजामती कर्मचारी युनियन राेल्पाले जनाएको छ।

प्रकाशित मिति : २०७८ पुष २४ गते शनिवार