पुस २४ सुर्खेत – नेपाल सरकारले राउटे समुदायले फिरन्ते जीवन बिताउदै आएकाेमा अब उनिहरुकाे लागि घर बनाइदिने निर्णय गरेकाे छ।
उक्त समुदायकाे लागि चालु आर्थिक वर्षमा सरकारले दुई करोड बजेट विनियोजन गरेको छ। अहिलेसम्म फिरन्ते जीवनशैलीबाट स्थायी बसोबास र रहनसहनमा आउन अस्वीकार गर्दै आएका थिए। राउटे समुदायलाई शुक्रबार सुर्खेतको सिम्ता गाउँपालिका–४ कालीखोलामा रहेकाे राउटे बस्तीमा सहरी विकास मन्त्री रामकुमारी झाँक्री सहितको सरकारी टोली राउटे बस्तीमा पुगेर राउटे मुखिया समक्ष मन्त्री झाँक्रीले आवास निर्माण अन्तर्गत राउटेका तीन समुदायका मुखिया तथा पूर्व मुखिया सहितको छलफलमा स्थानान्तरण गर्न सकिने र राउटे समुदायले भनेकै ठाउमा तत्कालीन भवन निर्माण गर्ने सहमति भएकाे छ।
मन्त्री झाँक्री भन्छिन “नागरिक प्रति सरकारको दायित्व छ। संविधानमा नागरिकलाई आवासको हक ग्यारेन्टी गरिएको छ। त्यसैले सरकारले पनि बजेट विनियोजन गरेको छ। आवास हाम्रो मन्त्रालयको कार्यक्षेत्र पर्ने भएकोले यो कार्यक्रम कार्यान्वयन गर्ने जिम्मेवारी हाम्रो काँधमा छ। कथा सबै पछि भन्नेछु, लेख्ने छु। अहिलेलाई एउटा प्रयास गरेको सामान्य जानकारी मात्र हो।
साईनो वास्तवमै प्रिय हुने रहेछ। गाजली र संझनालाई अंगालोमा बेरेर धेरै टाढा नजानु म फेरी आउनेछु भनेर छुट्टिदा सार्है नमिठो लाग्यो। मलाई त साच्चै माया पनि लागेर आयो। प्रकाश शाहीले तिमी मेरो बहिनी हो भन्दा अझै रमाईलो लाग्यो। दाई शब्दमा पनि जिम्मेवारी हुने रहेछ। उहाँले त्यो पनि दर्शाउनु भयो। फेरी भेट्ने केही बाचा हाम्रा सामुहिक छन्, केही वाचा मेरा, केही बाचा हाम्रो टिमका छन्। केही बाचा राउटे तर्फ मेरा आफन्तका छन्। छिट्टै हामीले केही डिजाइन सहित डेमो प्ररस्तुत गर्नेछौँ। यसमा मेरा केही मौलिक अवधारणा छन्। हाम्रो प्राविधिक साथिहरूलाई यो अवधारणा भनेको छु। अब आफ्ना आफ्ना कन्सेप्टहरू अगाडी लिएर छलफल गर्छौँ र एउटा निश्कर्षमा पुग्नेछौँ।”
मन्त्री झाँक्री सहितकाे टाेलीले स्थानान्तरण गर्न सकिने फाेल्डिङ भवन बनाउन सरकार तयार रहेपछि र राउटे समुदाय संग सरकारी टाेली नातेदार स्वरुप मीत लगाएपछि राउटे मुखियाहरुले सरकारी टाेलीकाे निर्णय स्विकार गरेका थिए। जस अनुसार मन्त्री झाँक्रीले सम्झना शाही र गाजलु शाहीसँग तथा भवन विभागका महानिर्देशक पदमकुमार मैनालीले प्रकाश शाहीसँग मितेरी नाता कायम गर्दै टोपी, कपडा र सरसामान आपसमा साटासाट गरी मित नाता कायम गरेका हुन। राउटे समुदायलाई मन्त्री झाँक्रीले व्यक्तिगत खर्चमा ७० थान ब्ल्याङ्केट र एक थान त्रिपाल प्रदान गरेकी छन्।