पुस २४, काठमाडौं – माओवादीको जारी अधिवेशनको अवधिमा धेरै नेता तथा कार्यकर्तालाई कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो सूचना अनुसार, अध्यक्ष प्रचण्ड लगायत नेता नारायणकाजी श्रेष्ठ, युवा नेताहरु रामप्रसाद सापकोटा, सुमन देवकोटा, सुबोध शेर्पाली, रमेश मल्ल लगायतलाई कोरोना संक्रमण देखिएको छ ।

यसैगरी पार्टीको मुख्यालय पेरिसडाँडामा रहेका अधिकांश कर्मचारीमा समेत कोरोना देखिएको छ । कोरोना संक्रमण बढेसँगै भोलिका लागि बोलाईएको नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटीको बैठक स्थगित गरिएको छ ।

यही पुस ११ देखि १८ गतेसम्म चलेको महाधिवेशन गरेको नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताहरुमा कोरोना संक्रमित भएसँगै केन्द्रीय कमिटी बैठक अनिश्चित भएको हो ।

आठौं महाधिवेशनमा सहभागी १ हजार ७ सय ४२ प्रतिनिधिमध्ये झण्डै सय जनाले अहिले कोरोना जस्तै लक्षण सहित बिरामी भएको भन्दै सामाजिक सञ्जालमा सूचना राखेका छन् ।

माओवादीको केन्द्रीय कार्यालयमा कार्यरत २२ जनामध्ये २० जनालाई कोरोना भएपछि कार्यालय नै बन्द गरिएको मुख्य सचिव श्रीराम ढकालले जानकारी दिएका छन ।

प्रकाशित मिति : २०७८ पुष २४ गते शनिवार