भाद्र ११ जाजरकोट – जिल्लाकाे भेरी नगरपालिका वडा नं। ९ का अध्यक्ष ध्रुव प्रसाद पौडेलले  रकम लिएको भनि आफुमाथि लगाईएको आरोपको खण्डन गर्नु भएको छ । अध्यक्ष पौडेलले आज सामाजिक संजाल फेसबूक मार्फत विज्ञप्ती जारी गर्दै उक्त आरोप निराधार र आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले लगाइएको उल्लेख गर्नु भएको छ ।

सोही वडाको शिवशक्ती प्राविमा कार्यरत शिक्षक धन बहादुर डाँगीले विद्यालय भवन निर्माण योजनाबाट अध्यक्ष पौलेलले ५५ हजार रुपैयाँ लिएको आरोप लगाएउनु भएको थियो । शिक्षक डाँगीको उक्त कुरा संचार माध्यममा प्रकाशन भएपछि आफ्नो गम्भिर ध्यानकर्षण भएको भन्दै पौडेलले यस्ता निराधार र एक पक्षिय समाचार प्रकाशन नगर्न सम्बन्धित संचार माध्यमलाई आग्रह गर्नु भएको हो ।

शिक्षक डाँगीले विद्यालयमा प्राप्त विभिन्न शिर्षकको रकम दुरुपयोग गरेकोले विद्यालय व्यवस्थापन समितिले उहाँलाई प्रधानध्यापकबाट हटाएको र सो विषयमा छानविन नहुँदा सम्म तलबी खाता रोक्का गरेको पौडेलको भनाई छ । वडा अध्यक्षको हैसियतले अनियमितताका विषयमा छानविन हुनु पर्ने भनि पटकपटक भनेकोले सोही रिसमा आफुमाथि उक्त आरोप लगाएको उहाँको भनाई छ ।

शिक्षक डाँगीले सहयोगीको तलव १५ हजार रुपैयाँ निकासा गरेर आफैले खाएको, विद्यालयमा बुक कर्नरको लागि आएको २१ हजार ६ सय रकम हिनामिना गरेको, प्रारम्भिक बाल शिक्षाका तलब २४ हजार रकम हिनामिना गरेको, विद्यालयको लेखा परिक्षण गर्ने भनी लिएको १० हजार रुपैयाँ, विद्यालयको भवन उद्घाटन खर्च भनी छुट्याइएको ४० हजार, पोशाक भत्ता खर्च बापतको रु २० हजार, विद्यालय सुधार शिर्षकको रु १५ हजार लगाएत विभिन्न शिर्षकको रकम हिनामिना गरेको अध्यक्ष पौडेलले विज्ञप्तिमा उल्लेख गर्नु भएको छ ।

विव्यस अध्यक्ष धनेश वली संग व्यक्तिगत रुपमा आफुले औषधी गर्न ५५ हजार रुपैयाँ सापटी लिएको र औषधी गरेर फर्केपछि फिर्ता गरिसकेको पौडेलले बताउनु भयो । तलबी खाता रोक्का गरी आफुमाथि अन्याय भएको भन्दै शिक्षक डाँगीले भेरी नगर कार्यपालिकाको कार्यालयमा निवेदन समेत गर्नु भएको छ ।

प्रेस विज्ञप्ति यस्तो छ : जस्ताकाे तस्तै

प्रेस बिज्ञप्ति २0७७ भाद्र ११
……………
सर्वप्रथम सबैमा नमस्कार ! हिजो जिल्लाको एक समाचार माध्यमका रूपमा रहेको डिजिटल संचारमा मलाई एक कर्तव्यहिन शिक्षकले दिएको गलत सूचना का
आधारमा समाचार लेखि मलाई बदनाम गर्न खाेजिएकाे समाचार शिर्षकले मेरो गम्भीर ध्यानाकर्षण भएको छ !
बिधालय का शिक्षक धन बहादुर डाँडीले विद्यालयमा आएको छात्रवृद्धीको रकम वितरण गर्नुको सट्टा आफैले निकालेर हिनामिना गरेको, विद्यालय सहयोगीको तलव निकासा गरेर आफैले खाएको, विद्यालयमा बुक कर्नरको लागि आएको रकम हिनामिना गरेको, प्रारम्भिक बाल शिक्षाका शैक्षिक सामाग्री खरिदको रकम हिनामिना गरेको र उक्त विभिन्न शिर्षकको रकम हिनामिना गरेको भन्दै बिधालय ब्यवस्थापन समितिले उनालाई प्र अ बाट कार्वाही गरेको र हिनामिना भएको उक्त रकम हिसाबकिताब प्रष्ट नपारुन्जेल उनको तलबि खाता रोका गरेको हो । आफ्ना कर्तुतहरुको ढाकछोप गर्न शिक्षक डाँगलिे मलाई मेरो चरित्र हत्या हुने गरि लगाएकाे आरोपले मेरो गम्भीर ध्यानाकर्षण भएको छ । मसंग जोडिएको ५५ हजार रकम म बिरामी हुँदा बि ब्या स अध्यक्ष हरिश वलि बाट मैले आफैले सापटी लगेको कुरा यथार्थ हो र म उपचार गरि फिर्ता भए लगत्तै मैले अध्यक्ष वलि लाई नै फिर्ता गरेको हु ! यसका लागी बि व्या स अध्यक्ष अहिले पनि जिवितनै हुनुहुन्छ स्पष्टीकरण का लागी सोधपुछ गर्न सकिन्छ ! म माथि लगाईएकाे आराेप पुष्टि गर्न सम्बन्धित पक्षलाई चुनाैति गर्द छु । मेराे धारण नबुझि एकपक्षिय गलत सुचनाकाे आधारमा समाचार बाउनु समेत गम्भीर कमजाेरी हाे भन्ने मेराे ठहर छ । अब उप्रान्त यथार्थ तथ्य नबुझी ब्यक्ति काे चरित्र हत्या हुनेगरी सन्चारमाध्याम हरु गलत ब्यक्ति वाट दुरुपयाेग नहुन समेत अनुराेध गर्द छु ।
धुर्ब प्रसाद पौडेल
अध्यक्ष
भे न पा ९ जाजरकोट

प्रकाशित मिति : २०७७ भाद्र ११ गते बिहिवार