पुस २४, काठमाडौं – आज चार वटा प्रदेशका धेरै ठाउँमा मेघगर्जन र चटयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा मेघगर्जन र चटयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । मेघगर्जन, चटयाङ्ग सहित हल्का वर्षा भए पनि यसअघिको जस्तो ठूलो पानी भने नपर्ने मौसमविद्को भनाइ छ ।

अहिले नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । अरु बाँकी प्रदेश-१, दुई र बाग्मती प्रदेशमा भने मौसम बद्ली रहनुका साथै हिमाली र उच्च पहाडी क्षेत्रमा भने हल्का वर्षा सहित हिमपातको सम्भावना रहेको मौसमविद् निराजन सापकोटाले जानकारी दिएका छन ।

उनले सोमबारदेखि भने मौसम सुधार हुने र घाम लाग्ने जानकारी दिएका छन ।

प्रकाशित मिति : २०७८ पुष २४ गते शनिवार