पुस २२ राेल्पा – नेकपा एमाले राेल्पा जिल्ला कमिटीको यस अघि पुस २३ गते शुक्रबार लागि घाेषित गरि तयारी अन्तिम चरणमा पुगेकाे छैठौं जिल्ला अधिवेशन स्थगित भएकाे छ।

नेकपा एमाले पार्टी जिल्ला सचिव निम प्रसाद राेकाकाे मंगलबार निधन भएपछि अर्को सुचना नभएसम्मका लागि स्थगित गरिएको गरेकाे शाेक वक्तव्य सहित नेकपा एमाले राेल्पाले जनाएको छ।

नेकपा एमाले रोल्पाका सचिव रोकाको हृदयाघातका कारण जिल्ला अधिवेशनको पूर्वतयारीमा जुटदै आएका र मंगलबार पनि पार्टीकाे काम सकेर घर पुगेको लगत्तै अचानक स्वास्थ्यमा समस्या आएपछि नुवागाउँ अस्पतालमा पुर्‍याएपछि निधन भएकाे नेकपा एमाले राेल्पाले जनाएको छ।

२०४६ सालमा जनआन्दोलनपछि तत्कालीन अनेरास्ववियु (एकता पाचौं) देखि विद्यार्थी राजनिती यात्रा सुरु गरेका राेका २०५४ फागुन २६ देखि यता निरन्तर जिल्ला सदस्य र २०७७ फागुन ४ देखि जिल्ला सदस्य र निरन्तर नेकपा एमाले जिल्ला कमिटी सचिवकाे जिम्मेवारी पाएका थिए।

प्रकाशित मिति : २०७८ पुष २२ गते बिहिवार