पुस २२ राेल्पा – ट्याक्टरले किच्दा एक जनाकाे मृत्यु भएकाे छ।

सुनिलस्मृति गाउँपालिका -३ डाेम्फे स्थिति भित्री ग्रामीण सडकमा मंगलबार दिउसाे करिब ३ बजेतिर सुनछहरी गाउँपालिकाकाे पाेबाङबाट सुलिचौर तिर आउदै गरेकाे ना ७ त ६४२६ नम्बरको गुडिरहेको ट्याक्टरबाट लडेपछि सहचालक सुनछहरी गाउँपालिका -५ जुबाङ बस्ने १९ वर्षिय पुर्णसिंह विककाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।

ट्याक्टरबाट लडेपछि ट्याक्टरकाे पछाडिको चक्काले किचेर घाइते भएका विकलाई उपचारकाे लागि सुनिलस्मृति गाउँपालिका सुलिचौर ल्याउदै गर्दा बाटाेमै मृत्यु भएकाे हाे। उक्त ट्याक्टर सहित ट्याक्टर चालक लुङग्री गाउँपालिका -१ पाङ बस्ने २३ वर्षिय मनबहादुर घर्तीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रमुख डिएसपी विनोद घिमिरेले बताए

प्रकाशित मिति : २०७८ पुष २२ गते बिहिवार