पुस २२ नेपालगन्ज – मन्दिर परिसरबाट मुर्ती लगायतका विभिन्न सामानहरु चोरी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेकाे छ।

मंगलबार राती करिब १२ बजे बाँके नेपालगन्ज उपमहानगरपालिका १ स्थित राम जानकी मन्दिरबाट मुर्ती लगायतका विभिन्न सामानहरु चोरी भएको सूचना प्राप्त हुना साथ वडा प्रहरी कार्यालय नेपालगन्जबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दा साेहि ठाउँ बस्ने २५ वर्षिय असरफ बागवानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकीले जनाएकाे छ।

पक्राउ परेका बागवानकाे साथबाट भगवानको मुर्ती थान- ३ (तिन), घण्टी थान- ५ (पाँच), नाग देवताको मुर्ती थान- २ (दुई), तामाको, लोटा थान- ४ (चार), त्रिशुल थान- ३ (तिन), आरती थान- १ (एक), पाला छोप्ने ढक्कन थान- ८ (आठ), पाला थान- २ (दुई),टिका राख्ने भाँडा थान- १ (एक), फलामको सिक्रि थान- १ (एक), सानो आरी थान- १ (एक), रिन्च थान- १ (एक) पनि बरामद गरि उनलाई जिल्लामा झिकाइएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए।

त्यसैगरि बुधबार नेपालगन्ज उपमहानगरपालिका १५ जमुनाह स्थित बेवारीसे अवस्थामा रहेको मुर्ती फेला पारेकाे पनि प्रहरी उपरीक्षक अधिकारीले बताए। उक्त मुर्ति प्रहरीले सुरक्षित राखेकाे छ। उक्त मुर्ति कहाँकाे हाे भन्ने एकिन भएकाे छैन । प्रहरीले अनुसन्धान गरिरहेकाे र यदि कुनै मन्दिर वा संघसंस्थाकाे हराएको भए जानकारी गराउन पनि प्रहरी उपरीक्षक अधिकारीले आग्रह गरेका छन।

प्रकाशित मिति : २०७८ पुष २२ गते बिहिवार