पुस २० अर्घाखाँची – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी प्रवेश अभियान सुरु भइसकेकाे बताएका छन।

नेपाली कांग्रेस पाणिनी गाउँपालिकाले आयोजना गरेका वृहत् आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बाेधन गर्न पुुगेका महामन्त्री थापाले अब कांग्रेसमा गुठ उपगुठकाे पनि सधैका लागि अन्त्य गर्दै देशभर कांग्रेसकाे विश्वास बढाउन र जनताकाे भावना अनुरुप काम गर्न विगतमा भएकना भुलहरुबाट केही पाठ सिकेर आगामी निर्वाचनमा कांग्रेसकै सरकार बनाउने उदघाेष गरेका छन।

आगामी निर्वाचन सम्म १५ लाख जनता कांग्रेसमा प्रवेश गराउने लक्ष्य रहेकाे बताउदै भने; ” हजुरहरु यहाँ उपस्थित सबैले १/१ जना बनाउनु, अब १४ लाख ९९ हजार ५०० चाहियाे यहि हिसाबमा अभियान तिव्ररुपले चलाउछौ।”

स्थानीय तह निर्वाचनमा एमाले तर्फबाट विजयी पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम लगायत नेकपा एमाले र नेकपा माओवादी केन्द्र लगाएत अन्य पार्टी परित्याग गरि ४ सय ७५ जनालाई नेपाली कांग्रेसमा महामन्त्री थापाले स्वागत गरेका हुन। उपाध्यक्ष गौतम गाउँपालिका महासंघको केन्द्रीय सदस्य समेत हुन।

पार्टी प्रवेशपछि बाेल्दै उपाध्यक्ष गौतमले अहिले मौलाएको कम्युनिस्टको धारकाे प्रवृत्ति वास्तविक कम्युनिस्ट विचार धार भन्दा ठिक विपरीत भएर चल्दै गरेकाे आफुलाई महशुस भएपछि कम्युनिस्टबाट अलग भएकाे प्रतिक्रिया दिएकि छन।

एमाले फुटपछि केही समय तटस्थ बसेकि गौतम केही समय अघि माधव नेपाल नेतृत्वको समाजवादीमा सनाखत गरेकाे पनि चर्चा थियाे। यद्यपि गौतम एमाले अर्घाखाँचीमा प्रभावशाली नेताका रुपमा परिचित थिइन।

प्रकाशित मिति : २०७८ पुष २० गते मङ्गलवार