पुस १९, सल्यान – सल्यानको बागचौर नगरपालिका वडा नं. ४ मा अवस्थित खुइतो पुन र राती पुनको वृद्ध जोडिको बर्षौदेखि टिनको छानामुनि बस्ने रहर त्यहाँका युवाहरुले पुरा गरिदिने भएका छन ।
उनिहरुका २ सन्तान भए पनि छोरिको विवाह भैसकेको र छोरा धन कमाउन भारत गएका अहिलेसम्म सम्पर्कमा नै नआएको साथै आर्थिक अवस्था निकै कमजोर भएको खुइतो पुन र राती पुनको वृद्ध जोडि बर्षौदेखि चुहिने खरको छानोमुनी आफ्नो जिन्दगी चलाउन बाध्य भएका थिए ।
स्थानिय युवा प्रेम बस्नेत र खगेन्द्र वलीको नेतृत्वमा युवाहरु मिलेर खुईतो पुनको घरको छानो फेर्ने अभियान चलाएपछि उक्त वृद्ध जोडीको टिनको छानो फेर्ने सपना पुरा हुने भएको अभियान्ता वलीले बताएका छन ।
खरको छानो फेर्दै टिनको छानो बनाउने अभियानमा लागेका युवाहरुले नगरपालिकाले गरिबिको रेखामुनी रहेका खरको छाना भएकाहरुका लागि सुरक्षीत नागरिक आवास कार्यक्रम ल्याएपनि वडा कार्यालयले सिफारिस गरेको गरिबिको रेखामुनी रहेका परिवारको सुचिमा उनिहरुको नाम नअटाएको गुनासो गरेका छन ।
उनिहरु भन्छन, राजनितिक चलखेल गरेर नयाँ घर बनाउदै गरेका व्यक्तिहरुलाई टिन वितरण गरियो तर वडा कार्यालयको छेउमै रहेको चुहिने घरमा बस्ने उनिहरुको दुखमा कुनै पनि जनप्रतिनिधिहरुको आखाले लागेन । खुईतो पुनको जस्तो चुहिने खरको छानामुनी बस्ने परिवारलाई पाखा लगाई आफ्ना कर्याकर्ताहरुलाई टिन वितरण गरिनु गलत भएको भन्दै स्थानिय युवाहरुले विरोध समेत गर्यौ तर सत्ता र शक्तिको अगाडि कसैको केही लागेन ।
सामाजिक काममा सक्रिय हुँदै आएका युवा प्रेम बस्नेत भन्छ्न, हामिले उहाँहरुको परिवारलाई छुटाएर नयाँ घर बनाउँदै गरेका आफ्ना कार्यकर्ताहरुलाई टिन वितरण गर्न पाईदैन भनेर वडा कार्यलयमै गएर विरोध गर्दा पनि नसुने पछि युवाहरु मिलेर ७१ वर्ष काटेका यी वृद्ध जोडीको एक तले घरलाई दुई तला थप्दै टिनको छानो बनाउन लागेका हौ ।
उनले भने हामीले त जिम्मेवार नागरिक हुनुको कर्तव्य मात्रै पुरा गरेका हौ, यो काम झ्वाट्ट हेर्दा सामान्य लागे पनि नगरपालिका र जनप्रतिनिधिहरुका लागि यो एउटा झापड को रुपमा हामिले लिएका छौं ।
यता उमेरले ७१ बर्ष कटिसकेका खुईतो पुनले टिनको छानामुनी बस्ने आश मरिसकेको र सरकारले नदेखेको मेरो कटेरोमा गाउँका युवाहरुले आँखा लगाए भनी “कोहि नहुनेको दैब हुन्छ भन्थे साच्चै रहेछ” भन्दै खुसी व्यक्त गरेका छन ।