पुस १७, सल्यान – पेशागत महासंघ सल्यानको ५ औं जिल्ला अधिवेशन सर्वसम्मत नयाँ नेतृत्व चयन गरि सम्पन्न भएको छ ।
जसको अध्यक्षमा प्रशुराम वली, उपाध्यक्षमा विष्णु भण्डारी र ध्रुवा कुमारी थापा, सचिवमा दिपक बस्नेत, सह-सचिवमा प्रकाश वली र कोषाध्यक्षमा गणेश शर्मा भण्डारी सर्वसम्मत निर्वाचित भएका छन ।
यस्तै सदस्यहरु बिपना बुढा मगर, अम्मर ब.थापा, विकास वि.सी., नोखीराम थापा, केशरी श्रेष्ठ, केशव थापा, बिमल पौडेल, छवि बुढाथोकी, टोपलाल बुढाथोकी, प्रेम सुनार र धन बहादुर घर्ती रहेका छन ।
साथै अधिवेशनबाट लाल ब.रावत, दिपेन्द्र प्रकाश डि.सी., पुर्ण ब.के.सी., अमृता शाक्य, भीष्म अधिकारी रहेको सल्लाहकार समिति समेत चयन भएको प्रचारप्रसार उपसमिति संयाेजक दिपेन्द्र प्रकाश डि.सी.ले जानकारी दिएका छन ।
प्रशुराम वलीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले जिल्ला अध्यक्ष एवम् बन्गाड कुपिण्डे न.पा.नगर प्रमुख गाेबिन्द पुन, विशिष्ट अतिथि पेशागत महासंघ नेपाल कर्णाली प्रदेश ईन्चार्ज शिव सापकोटा, अतिथिहरु प्रदेश अध्यक्ष राम ब. शाही, नेकपा एमाले प्रदेश कमिटी सदस्यहरु लोक बहादुर डाँगी, भिम बहादुर सेन, दान बहादुर केसी, मनोज कुमार सिंह, कुन्ता बस्नेत, जिल्ला कमिटी सदस्य दिपेन्द्र प्रकाश डि.सी. विभिन्न संगठनका प्रमुखहरु लगायत अन्य अतिथिहरुको उपस्थिति रहेको कार्यक्रमको सहजीकरण देबेन्द्र सेनले गरेका थिए ।