पुस १७, सल्यान – बागचौरमा क्रिस्चियन धर्मावलम्बीहरुको अङ्ग्रेजी वर्ष २०२२ तथा ख्रिष्टमस बडादिनको शुभकामना आदानप्रदानसँगै सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार बागचौरको सहिदपार्कको प्रतिक्षालयमा चर्चद्वारा आयोजित उक्त कार्यक्रममा विभिन्न ठाउँका क्रिस्चियन धर्मका पाष्टरहरु, बागचौर स्थित सबै राजनीतिक दलका प्रतिनिधि लगायत क्रिस्चियन धर्मावलम्बीहरु र अन्य जनसमुदायको उपस्थिति रहेको थियोे ।

कार्यक्रममा आफ्ना भनाइहरु राख्दै उपस्थित पाष्टरहरुले यशु क्रिस मुक्तिदाता भएको भन्दै आफुहरुका लागि निस्वार्थ प्रेम गरेर ज्यान दिने एकमात्र ईश्वर भएको विश्वास गरेको दाबी गरेका छन । उनिहरुले यशु क्रिसको आज भन्दा २०२२ साल अगाडि जन्म भएकोले आफुहरुले यशुको नाममा “Merry Christmas Day” मनाउदै आएको बताएका छन ।

कार्यक्रममा क्रिस्चियन धर्मा सम्बन्धि जानकारी दिनुका साथै विभिन्न सांस्कृतिक कार्यक्रम सहित नाटक प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : २०७८ पुष १७ गते शनिवार