पुस १५ मकवानपुर – अबैधरुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने ६ वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ।

बिहीबार मध्याह्न करिब १२:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा हेटौडा स्थित राप्ती खोलाबाट नदि जन्य पदार्थ उत्खनन गरिरहेका ना. ६ त ३७८३, ना. ४ त ५७०७, ना. ६ त २९१७, ना. ६ त १०५१, ना. ७ त ५९७२, ना. र Ontest नं. को ट्याक्टरलाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

अबैध रुपमा नदीजन्य पदार्थ ग्राबेल उत्खनन् गरि लोड गरिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आवश्‍यक कारवाहिको लागी जिल्ला समन्वय समितिको कार्यालय पठाइएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र बहादुर गुरुङले बताए।

प्रकाशित मिति : २०७८ पुष १५ गते बिहिवार