पुस १५ प्युठान – कालोबजारीमा संलग्न रहेकाे घुम्नते व्यापारीकाे आसङ्कामा युरिया खादमल सहित २ जनालाई प्रहरीले पक्राउ गरेकाे छ।

बुधबार राती करिब ९ बजेको समयमा प्यूठान नगरपालिका वडा नं. ८ स्थित बाग्दुला बजारमा खटिएको प्रहरी गस्तीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा लु १ च ३६७१ नं. को पिकअप जिपको रहेको कृषी जन्यरुपमा प्रयोग हुने पहेलो बाेरामा रहेको ३५ (पैतिस) बोरा युरिया मल फेला परेपछि कालाेबजारी कसूरमा संलग्न रहेकाे आसङ्कामा पिकअप सहित उनिहरुलाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।

पक्राउ पर्नेमा कपिलवस्तु शिवराज नगरपालिका वडा नं. ३ खरेन्द्रपुर बस्ने २३ वर्षिय गाडी चालक विवश क्षेत्री र साेहि ठाउँका ३० वर्षिय केशर महतरा रहेकाे जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले बताए।

पक्राउ परेका दुवै जनामाथि सामाजिक अपराध तथा सजाय ऐन २०३२ अन्तर्गत जिल्ला प्रशासन कार्यालय प्यूठानबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक थापाले बताए।

प्रकाशित मिति : २०७८ पुष १५ गते बिहिवार