पुस १४ काठमाडौ – तमु ल्हाेसारकाे अवसरमा सरकारले बिहीबार अर्थात भाेली १५ गते देशभर सार्वजनिक विदा दिने निर्णय गरेकाे छ।

मन्त्री परिषदकाे बुधबार बसेकाे बैठकबाट देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक विदा दिइने गृह मन्त्रालयले विज्ञप्ति मार्फत बताएको छ।

तमु ल्हाेसार गुरुङ जातिको महान चाड हो। गुरुङ समुदायको लागि याे पर्वलाई नयाँ वर्षकाे रुपमा पनि मनाउने चलन छ। यो पर्व खासगरी नेपालमा तथा विश्वका अन्य देशहरूमा पनि मनाउने गरिन्छ ।  पुस १५ गतेलाई आधार मानेर मनाइने चलन छ । गुरूङ समुदायलाई जनाउने अर्को नाम तमु हो ।  प्राचीन तमु प्यो शास्त्रको अनुसार तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उत्त्पती भएको मानिन्छ

प्रकाशित मिति : २०७८ पुष १४ गते बुधवार