पुस १३ सुनसरी – पेस्तोल सहित २ जना पक्राउ परेका छन।

सुनसरीको कोशी गाउँपालिका-१ बाट पेस्तोल सहित भारत बिहार अररिया, बासमटियाका ३५ वर्षिय बिधानन्द राम र साेहि ठाउँका २४ वर्षिय हासिम अंसारीलाई पक्राउ गरेकाेे हाे।

साेमबार बेलुका साढे ४ बजे जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा सुनसरीको कोशी गाउँपालिका-१ स्थित बि.एस. होटलमा कोठा खानतलासी उनिहरुले ओछ्यानमा लुकाई राखेको अवस्थामा प्रहरीले फेला पारेपछि पक्राउ गरेकाे हाे।

प्रहरीले पेस्तोल २ थान, म्याग्जिन ४ थान, ७.६५ mm को गोली ३ राउण्ड, मोबाइल १ थान, BR50 K 0149 नम्वरको मोटरसाईकल र भारतिय २ हजार रुपैया समेत बरामद गरेकाे र उनी माथि थप अनुसन्धान भइरहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले बताएको छ।

प्रकाशित मिति : २०७८ पुष १३ गते मङ्गलवार