पुस १३ काठमाडौ – किसानको माग पूरा गराउन भन्दै लागि भोलि प्रदेश २ का ६ जिल्लामा चक्काजाम गर्ने डा. सीके राउत नेतृत्वको जनमत पार्टीले घोषण गरेकाे छ।
किसानको माग लागि भन्दै केही दिन यता निरन्तर आन्दोलन गर्दै आएकाे रावत नेतृत्वको जनमत पार्टीले प्रदेश २ का ६ जिल्लाहरु सप्तरी, सिरहा, धनुषा, सर्लाही, रौतहट र बारा जिल्लामा बुधबार पुर्णरुपमा चक्काजाम गर्ने बताएको छ।
उक्त पार्टीले गरेका मागहरुमा किसानलाई समयमा मलखाद उपलब्ध गराउनु पर्ने, सिचाईको व्यवस्था हुनु पर्ने वा किसानलाई निःशुल्क बिजुली दिनु पर्ने, हावाहुरी तथा बाढीबाट क्षति वापातको पाउनु पर्ने, कृषि उपजको मूल्य निर्धारण गर्नुपर्ने, उखु किसानको भुक्तानी गर्नु पर्ने, किसानमाथि दमन बन्द गर्नु पर्ने लगायतको माग राखेकाे छ।