पुस १३ माेरङ – बैंक एटीएम ताेडफाेड गरि रकम चाेरि गर्न खाेज्ने एक जनालाई प्रक्राउ गरेकाे छ।

पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका वडा नं.-५ बस्ने २१ वर्षिय पारस कालिकोटे रहेका छन। कालिकाेटेलाई आइतबार राति पक्राउ गरि साेमबार सार्वजनिक गरिएको हाे।

विराटनगर महानगरपालिका वडा नं.-३ स्थित रहेको माछापुच्छ्रे बैंक लिमिटेड कन्चनवारी शाखाको एटीएम मेसिन तोडफोड गरी रकम चोरी प्रयास गर्ने बैक नजिकैको स्थानियले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए।

त्यस लगतै जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले कालिकोटलाई बैकबाट नै पकङगरेकाे हाे चोरी उद्योग कसुर अन्तर्गत जिल्ला अदालतबाट ५ दिनकाे ५ म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय माेरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए।

प्रकाशित मिति : २०७८ पुष १३ गते मङ्गलवार