पुस १० पाल्पा : केन्द्रीय प्रसारण लाइनको विद्युत् तार विस्तारका क्रममा पाेलबाट लडेर एक मजदुरकाे मृत्यु भएको छ।

जिल्लाकाे निस्दी गाउँपालिका ज्यामिरे चारघरेमा हाइटेन्सन लाइन विस्तारको क्रममा नवलपरासी बर्दघाटका ३६ वर्षीय पशुपति चौधरीको खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

घटना भए लगत्तै प्रहरी चौकि निस्दी रुक्से भंज्याङबाट पुगेकाे प्रहरीले शवकाे मुचुल्का गरेर पाेष्टमार्टमकाे लागि प्रक्रिया थालेकाे र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले बताए।

प्रकाशित मिति : २०७८ पुष १० गते शनिवार