लुकि छिपी मुटु सग मुटु साट्नेहरु
कुरामा धार लाउदै कुरा काट्नेहरु
बनमारा मौलाए जसरी मौलाएछन्
आफ्ना भन्दै, आफ्नैलाई ढाट्नेहरु
कहाँ रोक्न सकिदो रहेछ भावनाले
बिना कारण लहरमा मन फाट्नेहरु
जसरी होस् आफैलाई माथी पार्छन्
सुर र तालमा दुरुस्त गफ छाट्नेहरु
छेपारोले रङ फेरे जस्तो फेर्छन रुप
बटार्दै, तन्काउदै कुरालाई बाट्नेहरु।