पुस ९, सल्यान – नेकपा एकीकृत समाजवादी पार्टी निकट समाजवादी प्रेस संगठन नेपाल जिल्ला कार्यसमिति सल्यानमा बुद्धि पुनको अध्यक्षतामा पहिलाे कार्यसमिति घाेषणा गरिएकाे छ ।
जसको उपाध्यक्ष बामदेव केसी, मेघा रेउले, सचिव खेमराज सुनार, सह-सचिव गाेविन्द आचार्य, करेश्मा गिरी, काेषाध्यक्ष महेश कुमार वली र सदस्यहरु सुनिल वली, लिला कुमारी वली, सुरेन्द्र चन्द, धिरेन्द्र परियार, भवानी बुढाथाेकी, राधिका कवर र अनु निश्चल विक रहेका छन् ।
यसअघि एमाले एक हुँदा प्रेस चाैतारी नेपाल थियाे । एमाले विभाजन भएपछि प्रेस चाैतारीबाट छुट्टिएर समाजवादी प्रेस संगठन बनेकाे हाे ।
समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल शुक्रबार सल्यान आएकाे बेला समाजवादी प्रेस संगठनकाे जिल्ला कार्य समिति घाेषणा गरिएकाे हाे ।