पुस ९ बुटवल – नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव सरकारी निवासमै झुण्डिएको अवस्थामा मृत फेला परेका छन ।
शुक्रबार बिहान ११ बजे अन्य प्रहरी कर्मचारीहरु खाजा खान गएको बेला यादव झुण्डिएको अवस्थामा फेला परेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए ।
संघीय प्रहरी इकाई कार्यालय भैरहवामा कार्यरत यादवलाई केही दिनअघि मात्रै कारवाही गरिएको थियो । नवलपरासी रामग्राम घर भएका यादव आगामी माघ १५ मा सेवानिवृत्त हुँदै थिए । घटनाको विस्तृत अनुसन्धान भइरहेको बताइएको छ।