पुस ७, सल्यान – सल्यानमा अनलाईन टेलिभिजन पत्रकार संघको शाखा बिस्तार भएको छ ।

अनलाईन टेलिभिजन पत्रकार संघका संस्थापक केन्द्रीय सदस्य अमृतमान ओलिको अध्यक्षतामा संचालन भएको कार्यक्रममा सन्जिव देवकोटाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन भएको छ ।

जसमा उपाध्यक्ष सङ्गम बिहानी, करिष्मा गिरी, सचिव अमृत बाबु बुढाथोकी, सह-सचिव सागर बस्नेत, नोखिराम थापा, कोषाध्यक्ष उत्तर कुमार साहु सदस्यहरु प्रसिद्ध डाँगी, रुपलाल चलाउने, सुधिर पुन, प्रदिप मगर, झरना चन्द, साबित्रा बस्नेत, दिपेश ढकाल, खिमा बोहोरा रहेका छन।

अनलाइन टि.भि.पत्रकार संघले अनलाईनमा काम गर्ने पत्रकारहरुको हक हितमा काम गर्ने बताईएको छ ।
भेलाबाट कमल पुन, धनराज तुफान र बिरेन्द्र डि.सि गरि ३ सदस्यीय सल्लाहकार समिति पनि बनेको छ ।

विभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरुको उपस्थिति रहेको उक्त कार्यक्रमको सहजीकरण पत्रकार एच.पि. मगरले गरेका थिए ।

प्रकाशित मिति : २०७८ पुष ७ गते बुधवार