पुस ६ राेल्पा – नेपाल बाख्रा पालन महासंघ रोल्पाको प्रथम जिल्ला अधिवेशन जिल्ला सदरमुकाम लिबाङमा साेमबार सम्पन्न भएको छ ।

नेपाल बाख्रा पालन महासंघ केन्द्रिय सचिव गिर बहादुर केसीकाे उपस्थितिमा सम्पन्न भएकाे अधिवेशनले लाेकमान वलीकाे अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेकाे छ। जसको उपाध्यक्षमा सिता डाँगी, सचिवमा धाम बहादुर बिष्ट, कोषाध्यक्षमा नेत्रबहादुर महरा सह–सचिव उत्तम पुन चयन भएका छन ।

प्रदेश प्रतिनिधिहरुकाे लागि पनि प्रतिनिधि छनाेट गरिएकाे छ। प्रदेश प्रतिनिधिहरुमा राजकुमार पुरी, जिवराज वली, राज बहादुर घर्ति, टोपेन्द्र डागी तारा वलीलाई छनाेट गरिएको छ।

अध्यक्ष वली गंगादेव गाउँपालिका वडा न-३ निवासी हुन। उनी वली बाख्रा फर्मका संचालक तथा जिल्ला समन्वय समिति राेल्पाका सदस्य समेत हुन।

द्वन्द्वकालमा जनमुक्ति सेनामा हुमिएका वली जाजरकोटको पाँचकटिया प्रहरी चौकी आक्रमणका क्रममा घाइते भएपछि उपचारकाे लागि भारत लगियाे। बाख्रा पालनकाे प्रेरणा भने त्यहि उपचारको सिलसिलामा वलीकाे उपचारमा संलग्न डाक्टरकाे अस्पताल नजिकै रहेकाे बाख्रा फर्म उनको लागि अवसरकाे सिढी बन्याे। केही सन्चो भएपछि त्यहि डाक्टरकाे बाख्रा पालन फर्ममै काम पाएका वलीले बाख्रा पालन सम्बन्धि केही आधारभुत ज्ञान सिक्ने मौका पाएपछि भारतबाट १८ महिना पछि फर्कने क्रममा एउटा जमुनापारी क्रस जातको बाख्रा र एउटा बोका लिएर आएपछि उनकाे बाख्रा पालन व्यवसायिक रुपमा सुरु भएको वली बताउछन्।

उनले बाख्रा पालनकाे लागि व्यक्तिगत लगानीमै करिब ३० लाख बढिकाे लगानीमा आधुनिक भवन समेत निर्माण गरेका छन। वली यस अघि नै व्यवसायीक बाख्रा पालनबाट जिल्लामै उत्कृष्ट भइसकेका छन।

प्रकाशित मिति : २०७८ पुष ६ गते मङ्गलवार