पुस ४, सल्यान – सल्यान जिल्लाबाट प्रतिनिधित्व गर्दै नागरिक संगठनहरुकाे छाता संगठन गैरसरकारी संस्था महासंघ नेपालकाे केन्द्रीय सचिवमा सल्यानका दिपेन्द्र प्रकाश डि.सी. निर्वाचित भएका छन ।
पुस २ गते देखि सुरु भएको गैरसरकारी महासंघको १० औं राष्ट्रीय महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएकाे छ । उक्त राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सचिवमा गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य समेत रहेका सल्यान कोटमौला निवासी लामो समय देखि सामाजिक तथा राजनीतिक क्षेत्रमा क्रियाशिल व्यक्तित्व दिपेन्द्र प्रकाश डि.सि निर्विरोध निर्वाचित भएका हुन ।

गैरसरकारी संस्था महांसघ नेपालकाे केन्द्रीय सचिव हुने सल्यानकाे पहिलाे व्यक्ति डि.सी. सानै उमेरबाट सामाजिक तथा राजनैतिक क्षेत्रमा अग्रसर रहेर युवा नेताको रुपमा पनि परिचित छन ।
उनी सल्यानस्थित एक संस्थाका अध्यक्ष भएर लामो समय देखि यहाँका नागरिकहरुलाई जनचेतनामूलक, क्षमता अभिवृद्धिका कार्यक्रम संचालन गर्नुका साथै सिपमुलक तालिमहरु दिएर यहाँका जनसमुदायलाई आयआर्जनमुलक काममा समेत प्रेरित गरेको पाईन्छ ।

संगठनहरुकाे छाता संगठन गैरसरकारी संस्था महासंघमा राम सुबेदीकाे अध्यक्षता ४७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भएको छ ।

प्रकाशित मिति : २०७८ पुष ४ गते आइतवार