पुस ४, सल्यान – फोटो सहितको मतदाता नामावली संकलन कार्यमा नाम छुटेकाहरुका लागि यहि पुस ५ गते देखि पुस १९ गतेसम्म पुनः नामावली संकलन कार्यक्रम ईलाका प्रशासन कार्यालय बागचौरमा सुरु हुने भएको छ । जिल्ला निर्वाचन कार्यालय सल्यानले बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीको प्रमुख आतिथ्यतामा आईतवार ईलाका प्रशासन कार्यालय बागचौरमा दोश्रो चरणको मतदाता नामावली संकलन कार्यक्रमको उद्घाटन गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि बुढाथोकीले आफ्नो मताधिकार प्रयोगबाट कोहि पनि बन्चित नहुन छुटेका सबै जनसमुदायहरुले नामावली संकलन गर्न हुन अनुरोध गरेका छन । उनले फोटो सहितको नामावली संकलनमा आएका जनशक्ति व्यवस्थापन गर्न र दोस्रो चरणको नामावली संकलन कार्य सफल बनाउनको लागि आवस्यक कर्मचारीहरु नगरपालिकाबाट खटाउने समेत बताएका छन् ।
दोस्रो चरणको फोटो सहितको मतदाता नामावली संकलनमा पालिकाहरुका लागि निम्नानुसारको समय तोकिएको छ :
बागचौर नगरपालिका
पुस ५ गते देखि १३ गतेसम्म
दार्मा गाउँपालिका
पुस १४ गते देखि १६ गतेसम्म कुमाख गाउँपालिका
पुस १७ गते देखि १९ गतेसम्म संचालन गरिने भएको छ ।
कार्यक्रममा राजनिती दलका प्रतिनिधि, ईलाका प्रहरी कार्यालय थारमारेका प्रमुख, हुलाक कार्यालय प्रमुख लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।
ईलाका प्रशासन कार्यालय बागचौरका कार्यालय प्रमुख मोहन डि.सी.को अध्यक्षतामा सुरु भएको कार्यक्रमको सहजीकरण बागचौर नगर शिक्षा शाखा प्रमुख टेक बहादुर डि.सी.ले गरेका थिए ।