पुस ४ काठमाडौ – नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनमगरले कांग्रेसका नवनिर्वाचित उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापालाई बधाई दिएका छन ।

प्रदेश सभापति पुनले आज उपसभापति गुरुङ र महामन्त्री थापाको निवासमै पुगेर भेट गरी बधाई दिएका हुन । भेटका क्रममा सभापति पुनले कांग्रेसको गरिमामय इतिहासलाई जोगाउने गरी काम कारबाही संचालन गर्न सुझाव दिएका छन।

पुनले पार्टीमा हार्दिकता सहितको एकता र सद्भाव कायम राख्दै संगठन निर्माणमा जुट्नु पर्ने पनि भेटघाटका क्रममा बताए।

प्रकाशित मिति : २०७८ पुष ४ गते आइतवार