पुस ३, सल्यान – जिल्लाको कुमाख गाउँपालिका वडा नं. ७ पाट्कारेका अन्दाजी ६० बर्षिय गंगाराम नाथको शव जंगली जनावरले खाएको अबस्थामा भेटिएको छ ।
गत मंसीर १२ गते घरबाट निस्कीएर परिवार र आफन्तको सम्पर्कमा नआएका नाथको शव शनिबार दिउँसो सोहि वडाको काउले खोलामा जंगली जनावरले खाएको अबस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
घटनास्थलमा प्रहरीले जुत्ता, कपडा, टोपि भेटाएको र उक्त सामानको आधारमा घरपरिवारले नाथको कंकाल भएको पहिचान गरेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार जंगली जनावरले खाएको अवस्थामा कंगाल मात्रै फेला परेको बताइएको छ । उक्त घटनाका बारेमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।                                                    फाइल फोटो

प्रकाशित मिति : २०७८ पुष ३ गते शनिवार