पुस ३ सल्यान – वैदेशिक रोजगारमा जाने नेपाली कामदार र उनका परिवारलाई सुरक्षीत र उपलब्धीमुलक बनाउन जिल्लाका ४ स्थानीय तहमा सुरक्षीत आप्रवासन परियोजना (सामी) कार्यक्रम संचालन भैरहेको छ ।

डेभलपमेन्ट साेसाइटी नेपाल सल्यानको व्यवस्थापन र सामी हेल्भेटासको प्राविधिक सहयोगमा जिल्लाका शारदा नगरपालिका, बन्गाड कुपिण्डे नगरपालिका, बागचौर नगरपालिका र छत्रेश्वरी गाउँपालिकामा यो परियोजनाले वैदेशिक राेजगारमा जान लागेका र गईसकेका परिवारकाे वित्तीय र मनाेसमाजिक गतिविधिहरु संचालन गरिरहेकाे छ ।

अन्तर्राष्ट्रिय आप्रवासन दिवसकाे अवसरमा परियाेजनाले शारदा नगरपालिका ९ बागचौरमा अन्तक्रिर्या कार्यक्रम गरेर मनाइएको छ । आप्रवासन असर तथा प्रभाव साथै आप्रवासन कामदारहरुलाई सामाजिक बहिस्करण प्रभाव न्यनिकरण सम्बन्धि सामुदायिक अगुवाहरुसँग मनाेसमाजिक परामर्श गरिएको हो ।

वैदेशिक राेजगारमा जाँदा केही नबुझेर विभिन्न प्रलोभनमा परि वैदेशिक यात्रामा उडनेहरुका लागि सचेतना मुलक परामर्श सहित वैदेशिक राेजगारपछिकाे आर्थिक व्यवस्थापन तथा विभिन्न सिपमुलक कामबारे गाउँ-गाउँमा पुगेर सामुहिक रुपमा उक्त परियोजनाले मनाेसमाजिक परामर्श दिदै आएकाे छ ।

नेपाल सरकार र स्वीस सरकारबीच सम्पन्‍न द्विपक्षीय सम्झौता अन्तर्गत हेल्भेटास- डिप्रोक्स नेपालको प्राविधिक सहयोगमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा वैदेशिक रोजगारका लागि तेश्रो चरणको ‘सुरक्षित आप्रवासन’ (सामि) परियोजना देशका विभिन्न जिल्लामा कार्यान्वयन भईरहेको छ । यो कार्यक्रमले वैदेशिक रोजगारलाई कसरी सुरक्षीत बनाउने भन्ने विषयमा सहजीकरण गर्दै आएको छ ।

प्रकाशित मिति : २०७८ पुष ३ गते शनिवार