पुस १ दैलेख : बालिकालाई बलात्कार गरेको कसूरमा एकजनालाई जन्मकैदको फैसला सुनाएको छ।

नारायण नगरपालिका–८ सिमाडाका ३६ वर्षीय रामबहादुर विकलाई २०७७ पुष १७ गते स्थानीय एक पाँच वर्षिय बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत दैलेखका न्यायाधीश दण्डपाणी लामिछानेको इजलासले जन्मकैदको फैसला सुनाएको हो। जन्मकैद सहित ६ लाख जरिवाना, १ लाख पीडितलाई क्षतिपूति र २८ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला सुनाइएको छ।

गत साल पुस १८ गते पक्राउ परेका विक माथि अनुसन्धान गर्दै जादा दाेषि ठहर गर्दै जन्मकैदकाे फैसला गरिएकाे हाे। मुलुकी अपराध संहिता २०७४ अनुसार जन्मकैद २५ वर्ष रहेकाे छ।

प्रकाशित मिति : २०७८ पुष १ गते बिहिवार