पुस १, सल्यान – सल्यान थारमारे संचालित खेलकुद तथा बृहत् सांस्कृतिक कार्यक्रममा भलिबल प्रतियोगितामा विवाद ल्याएपछि दुई टिमलाई आवट गरिएको छ ।
बाबुराजा कम्प्युटर एण्ड ईङलिस ल्याङगोईज ईनिष्टच्युट प्रा.लि. र बागचौरका स्थानीय युवाहरुको समन्वयमा संचालित बृहत् खेलकुद तथा सांस्कृतिक कार्यक्रम मंसिर २५ गते सुरु भएको थियो । मंसिर २५ गते देखि सुरु भएको खुला वडास्तरीय भलिबल प्रतियोगिताका लागि सल्यान, रोल्पा र रुकुमका विभिन्न वडाका गरेर २३ टिमको दर्ता भएको थियो । २३ टिम मध्ये सेमिफाइनलका लागि खेल खेलिरहेको बन्गाड कुपिण्डे नगरपालिका वडा नं. ११ का खेलाडीहरुले रुकुमका खेलाडी एउटै वडाका मात्रै नभई फरक वडाका भएको भनी आरोपसँगै खेल नखेल्ने भनी आयोजक टिम समक्ष निवेदन पेश गरेपछि यस विषयमा छानबिन गर्दा रुकुम चौरजहारी ११ का सबै खेलाडीहरु एउटै वडाको भनी वडा नं.९ का वडाध्यक्षको हस्ताक्षर सहितको कागजात सबै पुगेकोले खेलाडीलाई हटाउन नसकिने जानकारी आयोजक टिमले दिएको छ।
कार्यक्रममा सेमिफाइनल अर्न्तगत बेस्ट ५ को म्याच खेल्नको लागि बन्गाड कुपिण्डे ११ र सिद्वकुमाख ३ बिच रहेको थियो । खेलाडीहरुलाई पटक पटक खेल्न खेल्नको लागि अनुरोधसँगै समय तोक्दा नि अटेरी गरि खेल नखेल्ने जानकारी गराएपछि खेलबाट नै आवट गरेको आयोजक टिमले बताएको छ ।
अहिले बिहान ११:३० बजे देखि प्रथमका लागि रुकुम चौरजहारी नगरपालिका ९ र दार्मा गाउँपालिका १ बिच कडा प्रतिष्पर्धा भैरहेको छ । यस खेलबाट पराजित टिम द्वितीय हुनेछ ।
मंसिर २५ देखि सुरु भएको कार्यक्रम आज नै सम्पन्न हुने आयोजक टिमले जानकारी दिएको छ । भलिबल प्रतियोगिता सकिन्न बित्तिकै निरन्तर स्लो बाईक रेस, घैटोफोर, भाले छोपाई, नृत्य प्रतियोगिता हुने आयोजकले जानकारी दिएको छ ।