मंसिर २९ काठमाडौ – शिक्षक सेवा आयोगले माध्यमिक तहको १,५४४ शिक्षकको नयाँ पदपूर्तिका लागि विज्ञापन खुला गरेको छ।

आगामी पुस १ देखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म बिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्ने गरी आयोगले सूचना प्रकाशित गरेको छ। नयाँ विज्ञापन अनुसार आगामी चैत १५ गते परीक्षा सञ्चालन हुने आयाेगले जनाएको छ।

परीक्षा आवेदन फाराम अनलाइनबाट पनि भर्न सकिने छ । माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको हो।

प्रकाशित मिति : २०७८ मङ्सिर २९ गते बुधवार