मंसिर २८ काठमाडौ –नेपाली कांग्रेस सभापति चयनका लागि कांग्रेसको दोस्रो चरणमा भएको मतदानको गणना मंगलबार राति १० बजेपछि हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
राति ८ बजे मतदान सकिने अनुमान अनुसार १० बजेपछि मतगणनाकाे तय गरिएको हाे। पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदानमा गरिएकाे हाे।
सभापतिका लागि शेरबहादुर देउवा र शेखर कोइराला प्रतिस्पर्धामा छन् । कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनमा भने देउवा, कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रत्याशी थिए । दाेस्राे चरणकाे निर्वाचनमा भने सिंह, निधि र गुरुङले देउवालाई समर्थन गरेका छन।