भाद्र ४ प्युठान – बँदेलको आक्रमणबाट एक जना युवा घाइते भएका छन । बुधबार विहान आफनै बारीमा मकै हेर्ने क्रममा बँदेलको आक्रमणबाट स्वर्गद्वारी नगरपालिका ७ सोत्रेका ३६ वर्षिय युवराज खत्री घाइते भएको जिल्ला प्रहरी कार्यालय प्युठान ले जनाएको छ ।
बँदेलले बायाँ हातमा टोकि घाइते भएको खत्रीको प्राथमिक स्वास्थ्य केन्द्र भिगृमा प्राथमिक उपचार पछि थप उपचारको लागि भैरहवा तर्फ पठाएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक विष्णु पौडेल ले जानकारी दिनु भएको छ ।