मंसिर २७, सल्यान – नेपाल आदिवासी जनजाति महासङ्घ (फोनिज) सल्यानको अध्यक्षमा चुडामणी पि.एम. निर्वाचित भएका छन् ।
सोमबार सल्यान खलङ्गामा भएको फोनिजको दोस्रो जिल्ला अधिवेशनले २ सदस्य पछि थप्ने गरी ११ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो ।
जसको उपाध्यक्षमा राजु पुन, सचिव प्रदीप घर्ती, सह-सचिव सुस्मिता थापा र कोषाध्यक्षमा कमल बुढा रहेका छन । यस्तै सदस्यहरूमा विशाल पुन, विजय घर्ती र नबिना कुमारी पुन रहेका छन् ।
अधिवेशनले वृद्धि पुन, हरि प्रकाश पुन र यम थापा रहेको तीन सदस्यीय सल्लाहकार कमिटी पनि गठन गरेको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश सदस्य दीपक शर्माले समावेशिता र प्रेस स्वतन्त्रतालाई नेपाल पत्रकार महासङ्घले पहिलो एजेन्डा बनाएर लड्दै आइरहेको बताए । लोकतन्त्र बलियो भए मिडिया बलियो हुने र मिडिया बलियो भए लोकतन्त्र पनि बलियो हुने भएकाले समाजमा पछि परेका र पारिएका वर्ग, समुदायका वास्तविकतालाई बाहिर ल्याउन सक्नु पर्ने बताएका छन । उनले फोनिजसँग पत्रकार महासङ्घले आवश्यक सहकार्य गर्ने समेत जानकारी दिएका छन ।