मंसिर २७ मकवानपुर – आफ्नै भाईले दाईलाई कुटपिट गरि हत्या गरेका छन।

जिल्लाकाे कैलाश गाउँपालिका-६ तल्लो पकनीमा
आइतबार राति ३३ वर्षिय नन्दरे मोक्तानर उनको भाइ ३० वर्षीय सीताराम मोक्तानबीच सामान्य पारिवारिक विवाद भएपछि भाईले दाईमाथि कुटपिट गरेपछि उपचारको क्रममा दाइ नन्दरेकाे मृत्यु भएको र भाईलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ।

त्यस्तै मकवानपुरकै अर्काे खबर अनुसार ३५ किलो ४०० ग्राम लागुऔषध गाँजा र बोलेरो गाडी सहित २ जनालाई पनि पक्राउ गरेकाे मकवानपुर प्रहरीले बताएको छ।

शनिबार राति करिब ९:०० बजेको समयमा प्रहरीलाई प्राप्त सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर बाट खटिएको प्रहरी टोलीले मनहरी गाउँपालिका वडा नं. ९ स्थित पूर्व पश्चिम लोकमार्ग सडकखण्डमा मनहरी तर्फबाट हेटौडा तर्फ आउदै गरेको ना. ५ च २३६१ नं. को बोलेरो पिकअप गाडीलाई रोकी चेकजाँच गर्दा बोलेरोको माथिल्लो भागमा त्रिपालले छोपी लुकाई छिपाई ल्याएको ३५ किलो ४०० ग्राम लागुऔषध गाँजा फेला परेपछि उनिहरुलाई पक्राउ गरिएको हाे।

तस्बिर; जिल्ला प्रहरी कार्यालय मकवानपुर

पक्राउ पर्नेमा बोलेरो चालक सर्लाही लालबन्दी नगरपालिका वडा नं. ५ का २२ वर्षिया किरण घिमिरे र गाडीमा सवार सिन्धुली हरिहरपुरगढी गाउँपालिका वडा नं. ७ घर भई हाल सर्लाही लालबन्दी नगरपालिका वडा नं. ५ का २५ वर्षिय आकास तामाङ थिङ रहेका छन। उक्त लागुऔषध गाँजा र बोलेरो सहित प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरकका प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताए।

प्रकाशित मिति : २०७८ मङ्सिर २७ गते सोमवार