मंसिर २३, सल्यान – सल्यानमा अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवसमा हस्ताक्षर संकलन गरिएको छ ।

“भ्रष्टाचार विरुद्धको सहकार्य, सुशासनका लागि अपरिहार्य” भन्ने मुल नारा सहित भ्रष्टाचार विरुद्धको दिवसको अवसरमा सल्यानको खलंगामा हस्ताक्षर संकलन गरिएको हो ।

इन्सेक इएलपी परियोजना सहजकर्ता रामचन्द्र रेग्मीले सहजीकरण गरेको कार्यक्रममा जिल्ला समन्वय समिति सल्यानका उप-प्रमुख हरि प्रकाश बुढाथोकी, प्रमुख जिल्ला अधिकारी लक्ष्मी देवी होमागाई, जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख सुमित खडका, स्थानीय तहका जनप्रतिनिधि, विभिन्न सरकारी निकायका प्रमुख तथा प्रतिनिधि, संघ-संस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियोे ।

कार्यक्रममा उपस्थित सरोकारवालाहरुले दिगो विकासका लागि सुशासन, सुशासनका लागि मेरो प्रतिबद्धता, म भ्रष्टाचार गर्दिन, म भ्रष्टाचार  गर्न दिन्न र सहन्न भन्दै प्रतिबद्धता सहित हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर २३ गते बिहिवार